तनहुँमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रघु पक्राउ
तनहुँ | चैत १९, २०८०
तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिक रहेका छन् ।
पक्राउ परेका उनीविरुद्व १७ वर्षीया किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगि सोमबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...
पाेखरा । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। तस्...

